News Portal

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५,७५४ पुग्यो

मोटिभेटन्यूज संवाददाता
६९ पटक

डोटी – आजभन्दा ठीक पाँच महिनाअघि अर्थात् चैत १४ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो ।

दुवईबाट आएका कैलालीका ती युवकमा स्वास्थ्य समस्या देखिए पनि सेती प्रादेशिक अस्पतालमा उपचार गराउन जाँदा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी करिब एक महिना अस्पताल बसाइँपछि निको भएर घर फर्किएका थिए । त्यसयता पाँच महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय ५४ जनामा संक्रमण देखिएको छ ।

२०७७ भदौ १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्