News Portal

ला लिगा : मेसीको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा अलाभेज ३-० ले पराजित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३६ पटक
काठमाडौं

भदौ ३, काठमाडौं – लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको हो।

घरेलु मैदानमा भएको खेलमा मेसीले ६४औँ र ९०औँ मिनेटमा गोल गरे भने फिलिप काउटिन्होले ८३औँ मिनेटमा गोल गरे।

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले भियारियललाई २-१ ले हराउँदा सेल्टाभिगो र स्पानयोलले १-१ को बराबरी खेले।

२०७५ भदौ ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्