News Portal

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका एक कैदीको मृत्यु

मोटिभेटन्यूज संवाददाता
८१ पटक

काठमाडौं – केन्द्रीय कारागार सुन्धारामा रहेका एक जना कैदीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।कारागारमा रहेका ४० वर्षीय पुरुषको सोमबार बेलुका मृत्यु भएको हो ।

आफ्नै परिवारको ज्यान मारेको अभियोगमा जेल चलान भएका पुरुषको मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । ललितपुरमा स्थित मेगा हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पोखरेलका अनुसार भदौ १० गते कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरेको थिया भने १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

२०७७ भदौ १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्