News Portal

इक्यानका पूर्वअध्यक्ष रेग्मीको ठगी धन्दा, ‘करोडौंको कमिसन झ्याम, हिड्छन खुलेयाम’

मोटिभेटन्यूज संवाददाता
१६९ पटक

काठमाडौं – इक्यानका पूर्वअध्यक्ष बुद्धि प्रसाद रेग्मीले झण्डै ५ करोड रुपैयाँ ठगी गरेका छन् । नेपालका विभिन्न कन्सल्टेन्सीहरुबाट गएका विद्यार्थीहरुको कमिसन सम्बन्धीत कन्सल्टेन्सीलाई नदिएर ठगी गरेका हुन ।

विभिन्न कन्सल्टेन्सीबाट गएका करिव ५ सय विद्यार्थीहरुको दोश्रो बर्षको कमिसन नदिएर ठगी गरेको एक कन्सल्टेन्सी व्यवसायीले बताए । अस्ट्रेलियाको दि वान इन्टरनेशनल कलेजमा विद्यार्थी पठाएका सबै कन्सल्टेन्सीहरुलाई आउन पर्ने कमिसन आफै झ्याम पारेको नाम उल्लेख नगर्ने सर्तमा ती व्यवसायीले बताए ।

रेग्मीले ५ सय विद्यार्थीहरुको कमिसनबापत आउन पर्ने ४ करोडदेखि ६ करोड नेपाली रुपैयाँ एक्लैले झ्याम पारेका हुन । डीडी गु्रप अफ कम्पनीका अध्यक्ष रहेका रेग्ग्मीले सोही कम्पनी मार्फत सम्झौता गरी विद्यार्थी पठाएका थिए ।

तत्कालिन अवस्थामा कलेजको नेपाल प्रतिनिधि भएर काम गरेका रेग्मीले डीडी गु्रप अफ कम्पनी मार्फत सम्झौता गराएर विद्यार्थी अस्ट्रेलिया पठाएका थिए । विद्यार्थी पठाएबापतको कमिसन नआएपछि केही कन्सल्टेन्सी व्यवसायीहरुले रेग्मीको कार्यलयमा गएर हप्काएका थिए ।

‘फोन गर्दा फोन पनि उठ्दैन, उठेपनि इमेल गर्नु न के रहेछ म हेर्छु भनेर टार्ने काम गर्नुभएको छ । पठाएको इमेल पनि महिनौंसम्म रिप्लाई भएको छैन’ अर्का पिडित कन्सल्टेन्सी व्यवसायीले भने । कमिसनको विषयमा अस्ट्रेलिया स्थित कलेजमा सम्पर्क गर्दा बुद्धि रेग्मीलाई कमिसन दिइसकेको बताउने गरेको छ । कलेजले, ‘जोसँग सम्झौता भएको थियो उसैसँग सम्पर्क गर्नु, पाउने जति कमिसन पठाइ सकिएको छ’ भनेर जवाफ फर्काउने गरेको छ ।

यता बुद्धि रेग्मीले विद्यार्थीले कलेज छोडेर भागेकाले कलेजले कमिसन नदिएको बताउने गरेका छन । कलेजले कमिसन पठाइसकेको र उक्त कमिसन आफै पचाउन विद्यार्थी भागेको नाटक गरेको व्यवसायीको भनाई छ । यता व्यवसायीको भने आफ्ना विद्यार्थीसँग सम्पर्क भइरहेको छ । उनीहरु केहीले कलेज परिवर्तन गरेको भएपनि धेरै जसो  विद्यार्थी सोही कलेजमा अध्ययन गरिरहेका छन ।

आफ्ना विद्यार्थीहरुसँग सम्पर्क गर्दा उनीहरु सोही कलेजमा पढिरहेको तर रेग्मीले झुट बोलेर सबैको कमिसन पचाउने षड्यन्त्र बुनेको व्यवसायीको भनाई छ ।

यता व्यवसायीहरु कानुनी प्रक्रिया अगाडी बढाउने भने डराएका छन । कन्सल्टेन्सी क्षेत्र संवेदनशील व्यवसाय भएको र उजुर बाजुर गर्दा झन धरासाही हुने डरले उनीहरु प्रशासनलाई गुहार्न आनाकानी गरिरहेका छन । त्यही विषयको फाइदा उठाउँदै रेग्मी भने खुलेयाम डिडिरहेका छन ।

उसो त उनको ठगी भन्दा यो मात्र होइन, यसअघि नेपालमा ठग्न पुगेर अमेरिका गएका थिए । त्यहाँ पनि कार्यक्रमका लागि भनेर नेपालीलाई बोलाउने र कार्यक्रममा सहभागीलाई भगाएर कराडौं ठगेका थिए । त्यही ठग्ने क्रममा आफै ठगिएपछि रित्तोहात नेपाल पसेका उनी फेरी आफ्नै सहकर्मी सहयोद्धा साथिहरुलाई ठगिरहेका छन ।

उनको ठगीको अर्को किस्सा पनि छ । पोखरामा रिसोट खोल्ने भनेर दर्जन बढि कन्सल्टेृन्सी व्यवसायीहरुसँग करोडौं उठाएर षड्यन्त्र पूर्वक फसाएका थिए । अहिले मेरो मार्ट भनेर अर्को मुर्गासँग सहकार्य गर्दै काम सुरु गरेका छन । त्यसमा पनि केही बहाना बनाएर सहकर्मीलाई धोका दिदै आफ्नो बाटो नतताउलान भन्न सकिन्न ।

 

२०७७ भदौ १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्