News Portal

कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो

मोटिभेटन्यूज संवाददाता
५८ पटक

काठमाडौँ – कोरोना  भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय र प्रहरी अस्पतालमा गरी ८४ जना संक्रमित भएको प्रहरी प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी० कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार त्यसैगरी उपत्यकामा ट्राफिक प्रहरीसहित ४७२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट सातैवटै प्रदेशका कार्यरत प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् ।

२०७७ भदौ १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्