News Portal

अश्लील च्याट सार्वजनिक भएपछि नेकपा सांसदलाई तनाव

मोटिभेटन्यूज संवाददाता
१७२ पटक

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की एक प्रदेश सांसदको अश्लील च्याट सार्वजनिक भएको छ । ताप्लेजुङबा प्रतिनिधित्व गर्ने प्रदेश नम्बर १ की सांसद होमकुमारी साँवाको अश्लील च्याट सार्वजनिक भएको हो ।

उनको अश्लील च्याट सार्वजनिक भएपछि तीन महिनाका लागि पार्टीले निश्कासन गरेको छ । ताप्लेजुङ जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको नेकपा लाप्लेजुङले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले अस्वभाविक शब्द र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश सांसद साँवालई ३ महिनाका लागि निलम्वन गरिएको जानकारी दिए।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो । सांसद साँवाले आफूबाट अब यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

२०७७ भदौ २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्