News Portal

सन्दर्भ विपी जयन्ती : यसरी बनाउन सकिन्छ कांग्रेसमय नेपाल

ओम आचार्य
९५ पटक

विराटनगर – विपी कोइराला २०३३ सालतीर भारतको निर्वासित जीवन एकाएक छोडेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर नेपाल प्रबेश गरे । उनको नेपाल प्रबेश पनि तत्कालिन ब्यवस्थाले ‘चुनौति’ ठान्यो र विपीलाई भारतमै रोक्न हर सम्भव प्रयास गर्यो । तर उनको दृढ निश्चय, उच्च मनोवल र राष्ट्र प्रेमको अगाडि चुनौति ठान्ने निरिह सावित भए ।

विपीको त्यो राष्ट्रिय मेलमिलाप कुन पृष्ठभुमी र कुन परिवेशमा जन्मिएको थियो ? त्यो तत्कालिन शासकले बुझ्न सकेनन् या बुझ्न चाहेन । त्यसैको परिणाम आजको वर्तमान अवस्था हो । र यो अवस्थालाई आमन्त्रण गर्ने नेपाली कांग्रेसको नेतृत्व लिएर बसेका पनि त्यतिनै जिम्वेवार छन जति ६२ साल पूर्वशाशक थिए ।

विपीको राष्ट्रिय एकता तथा मेलमिलाप उनी नेपाल प्रबेश गर्दाको तत्कालिन समय र परिस्थितिको औचित्य र अहिले विपीको त्यो दर्शन झन सार्थक र औचित्यपूर्ण देखिदै छ । ३३ सालमा त्यो दर्शन, त्यो नीति नबुझेका या बुझ्न नचाहेका या बुझेर पनि ग्रहण नगरेकाले जुन दुर्घटना देखे अब त्यसो नगर्लान । नेपाली कांग्रेसले पनि विपीको नीति दर्शनलाई कांग्रेसले परिचय नबनाएकोले कांग्रेसको मौजुदा अवस्था भएको हो ।

नेपाली कांग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउछ । विपीको तस्वीर राख्छन् माल्यार्पण गर्छन तर त्यो मञ्चबाट विपीको मेल मिलापको व्याख्या हुदैन । त्यो दर्शनको चर्चा हुदैन । अहिले युवा पुस्ताहरु नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन तर यिनिहरुले विपीको विचार, विपीको दर्शन कति बुझेका छन या कति बुझाउन सक्छन ।

मलाइ लाग्छ अहिले गाँउ–गाँउमा, जन–जनमा, कार्यकर्ता–कार्यकर्तामा विपीको विचार पुर्याउन पर्छ । विचार धेरै शक्तिशाली हुन्छ । आज नेपालमा यही विचार मार्क्स, लेनिन, स्टालिन, माओका विचार सवैतीर सम्प्रेषित छन् । यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ । यही विचारको साहित्य, राजनीतिले ठाउँ लिन खोजिरहेको छ ।

नेपाली कांग्रेसका नेता, कार्यकर्ताले विपी विचार बोकेको भए, मनन् गरेको भए, धारण गरेको भए कुनै पनि नेताले कही पनि शिर निहुराउनु पर्दैनथ्यो, कही पनि झुक्नु पर्दैनथ्यो र कही पनि चरित्रमा दाग लाग्दैनथ्यो । उ यती निर्भय हुन्थ्यो लाग्छ । उ विचारको यति सम्पन्न हुन्थ्यो, यती बौध्दिक हुन्थ्यो की कही पनि बौध्दिक दरिद्रता, विचारको दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो ।

नेपाली कांग्रेस पार्टी बहिर्गमन हुने मुख्य कारण नै विपी प्रति निष्ठा प्रतिबद्धता नभएर नै हो । यस्ताले पार्टीलाई दीर्घकालसम्म नेतृत्व दिन सक्तैनन् । जो विपीको विचारमा, दर्शनमा समाहित हुन्छ त्यो पार्टीमा जीवन प्रयन्त रहन्छ । उदाहरणका लागि कुल बहादुर गुरुङलाई लिन सकिन्छ ।

नेपाली कांग्रेसले आफ्ना महामानव नेता, जननायक नेता विपीलाई चिनाउन सकेन । जनस्तरसम्म पुर्याउन सकेन । विपीबाट लेखिएको थुप्रै साहित्य, विपी जीवनीमा लेखिएको कथा, आत्मावृतान्त,जेल जर्नल, मेलमिलाप सम्वन्धी लेखेका पुस्तक, उनको विचार, उनको दर्शन जन–जनमा घर–घरमा कार्यकर्तामा पुर्याउने काम कहिले गरेन ।

नेपाली कांग्रेसले ठूलो परिमाणमा उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घर–घरमा पुर्याउन पर्छ । प्रत्येक धुरीमा, प्रत्येक घरमा विपीको विचार दर्शन पुर्याउनु अब जरुरी भैसकेको छ । यी पुस्तकहरु जस्ले पढ्छ, अध्यन गर्छ त्यो विपी को अनुनायी नहुने कुरै छैन । यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिओस र हेरौस नतिजा । कमसेकम अहिलेदेखि विज त लगाओस, अनि हेरोस ।

तपाईलाई थाहा छ विश्वमा धर्म, विचार, र दर्शन कसरी अगाडि बढिरहेको छ । कसरी आफ्नो साम्राज्य फैलाई रहेको छ त्याहाँ विचार दिने, दर्शन दिने र धर्म गुरुहरु अवतारीहरुको उपस्थिती भइरहनु पर्दैन । विचार दर्शन त्याहाँसम्म पुर्याए पुक्छ ।

तपाईलाई थाहा छ तिव्वतमा जुन धर्मको चर्चा गरिन्छ, त्यो सबैभन्दा पछि आएको हो । त्यो पनि दहेजमा । त्यही धर्म अहिले उत्तर कोरिया, जापान, चिन, कम्वोडिया सबै ठाउँमा पुग्यो र अन्तमा तिव्वतमा । त्यतिखेर तिव्वतमा तत्कालिन राज धेरै सक्तिशाली र क्रुर थिए । उनको दवदवा र प्रभावबाट वच्न चिनका राजाले र नेपालका (एकिकरण पुर्वका) राजा अंशुवर्माले आफ्नी छोरी भृकुटी तिव्वतका राजा संगचंगम्पोलाई आफ्नो छोरी दिदा चीन र नेपालले वुध्दको मुर्ती, ताराको मुर्ती र बौध्द साहित्यका पुस्तकहरुसमेत छोरीसँगै दाइजोमा दिए । जब तिब्वतको राजाको आँखा ति मुर्तीमा पर्यो र बौद्ध साहित्य अध्यन गरे तब सदाको लागि उनको भए । अर्थात बुद्धिष्ट भए । जब राजाले धर्म स्वीकार गरे र हेर्दा हेर्दै सम्पूर्ण ‘तिब्तव बुद्धम शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ भयो ।

कोरियाको राजा जापानसँग खुब डराउने । अत उसले सन्धी प्रस्तावको रुपमा एक दुतलाई भगवान बुद्धको विग्रह, पुजा पद्धती र उनको कथाहरु जापानको राजालाई पठाए र केही दिनभित्रै यस प्रकार कोरियाबट बुध्द धर्म जापान पुग्यो ।

मार्क्स, लेनिन, माओ पनि त्यसरी नै प्रचारित भएका हुन । त्यसरी नै यिनिहरुको अनुनायी भएका हुन । नेपाली कांग्रेसमा नेतृत्व लिएर बसेकाहरुले केन्द्रीय समितिका पदाधिकारीहरले यी माथिका कुरा, यी माथिका उदाहरणलाई मजाक, ठट्टाको रुपमा नलिउन ।

विपीको विचार दर्शन त्यसै पनि जिवित छन् । प्राण प्रतिष्ठित छन् । यसमा शंका नगर्नुस, संसय नगर्नुस र विपीलार्इ विपीको तस्वीर पुस्तक घर घरमा पुर्याउनुस अनि हेर्नुहोस् नेपाल विपीमय हुनेछ । कांग्रेसमय हुनेछ । चारतारा मय हुनेछ ।

२०७७ भदौ २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्