News Portal

१८ सय १८ जना कोरोना संक्रमित निको

मोटिभेटन्यूज संवाददाता
६८ पटक

काठमार्डौ – नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । यता, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको निधन भएको छ । योसँगै नेपालमा कुल ३१७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

२०७७ भदौ २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्