News Portal

गण्डकी प्रदेशमा थप १७ जनामा संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
५० पटक

काठमाडौं – शुक्रबार बिहान गण्डकी प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिअनुसार थपिएकाहरूमा कास्कीको पोखरा महानगरपालिका १० की २६ वर्षीया महिला, वडा नं। १ का ६२ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका ५ का ५९ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४० वर्षीय पुरुष, वडा नं। नखुलेका ५१ वर्षीय पुरुष रहेका छन्।

यस्तै, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू कावासोती नगरपालिका १६ का ४४ वर्षीय पुरुष, गैँडाकोट नगरपालिका ८ का ५४ र ८६ बर्षका पुरुष तथा ८२ र ६५ बर्षका महिला, वडा नं। ५ का ३० र २८ बर्षिया महिला, वडा नं। ११ का ३८ वर्षीय पुरुष, वडा नं। ४ का २५ वर्षीय पुरुष, वडा नं। १० का ३३ वर्षीय पुरुष, वडा नं। १ का २८ वर्षीय पुरुष र वडा नं। नखुलेकी २९ बर्षिया महिलामा पनि सङ्क्रमण रहेको पुष्टि भएको छ। योसँगै गण्डकीमा सङ्क्रमितहरुको कुल संख्या २ हजार ७४७ पुगेको छ।

२०७७ भदौ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्