News Portal

बालुवाटारमा नेकपा बैठक सुरु

मोटिभेटन्यूज संवाददाता
२३ पटक

काठमाडौं –स्थगित भएको लामो समयपछि नेकपा स्थायी कमिटीको बैठक आज शुरु भएको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा आजको बैठक शुरू भएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिन अघि स्थायी कमिटीको बैठकका एजेण्डाहरु तय गरेका थिए ।

गत असार १० गते शुरू भइ पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गते बसेको थियो । आजको बैठक पार्टीको विवाद समाधानका लागि महत्वपूर्ण हुने बताइएको छ ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ ।

यो विचमा पार्टी नै फुटाउने तहसम्म पुगेका नेताहरुबीच पटक पटकको सम्वाद र विवाद समाधान गर्न कार्यदल गठन गरेर विवादलाई समाधानतर्फ लगेपछि बैठक पुन बस्ने बातावरण बनेको हो ।

२०७७ भदौ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्