News Portal

एसईई दिएका विद्यार्थीहरुका लागि खुसीको खबर ३ हजार बढीले छात्रबृति पाउने

मोटिभेटन्यूज संवाददाता
९३ पटक

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद (CTEVT) ले तीन हजार भन्दा धेरै विद्यार्थीहरुलाई छात्रबृद्धि दिने भएको छ । एसईई पास विद्यार्थीहरुका लागि डिप्लोमा अध्ययनका लागि विभिन्न विषयमा छात्रबृति दिन लागेको हो ।

परिषदले शैक्षिक सत्र २०७७÷७८ मा संचलान हुने तीन बर्षे डिप्लोमा कार्यक्रमका लागि ३ हजार ६७ जनालाई छात्रबृति दिन लागेको छ । छात्रबृद्धि लिनका लागि अनलाईनबाट फारम भर्न पर्ने परिषदले जनाएको छ । फारम भदौ ३० गतेदेखि असोज १९ गतेसम्म भर्न सकिने छ ।

अनलाइनबाट फारम भर्दा ६०० रुपैयाँ शूल्कसमेत बुझाउन पर्ने परिषदद्धारा जारी सूचनामा उल्लेख छ । यहाँ हेर्नुहोस् सूचना ।

 

२०७७ भदौ २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्