News Portal

भगवान् कहाँ छन्, तपाईलाई थाहा छ ?

मोटिभेटन्यूज संवाददाता
१२२ पटक

काठमाडांै – शक्ति कतै बाहिर बसेर हाम्रो प्रतीक्षा गरिरहेको छैन्, हामी भित्रै छ । यो ब्रहमाणडमा कायापलट गर्न सक्छ, चमत्कार गर्न सक्ने शक्ति छ हाम्रो दिमागमा । शक्ति र सामथ्र्यको खोज बाहिर गर्नु नै बेकार हो । हाम्रो अवचेतनमा असीमित शक्ति सुतेको छ । यदि हामीले त्यो कुम्भकर्णलाई जगायौँ भने सबै असम्भव सम्भवमा परिणत हुन्छ ।

सम्पन्न बन्ने कि भिकारी , त्यो मानिसको छनोटमा भर पर्छ । व्यक्तिले आफूलाई जस्तो बनाउन चाह्यो, त्यस्तै बन्न सक्छ । हरेक मानिस आफ्नोे निर्माता आफै हो । हरेक मानिस आफ्नो भगवान् आफै हो । हामीलाई अर्काले न बनाउन सक्छ न बिर्गान नै ।
अर्कामा निर्भर हुन छोडौँ । हामीलाई कसैले बोकेर सगरमाथाको चुचुरोमा राख्न सक्तैन, आफै हिँड्नुपर्छ । आफैँ चढ्नुपर्छ । पौडी खेल्न चाहनले आफै पानीमा पसेर हातखुट्टा चलाउनुपर्छ । अरुले नदीसम्म लिएर त जाल तर पौडी आफैंले खेल्नुपर्छ । मानिस आफ्नो निर्माता आफै हो । आफ्नो भगवान् पनि आफै । यदि कसैले तपाईलाई महान् बनाउँछु भन्छ भने त्यो मिथ्या हो ।
धेरै पटक भनियो, मानिससँग असीमित शक्ति छ । धेरै पटक के पनि भनियो भने हरेक मानिस अपूर्ण छ । तर समस्या एउटै छ, हरेक मानिसालाई जब ज्ञात हुन्छ म कायर होइन, म त विश्व हल्लाउने अजेय शक्ति भएको मानिस हुँ भनेर तब आफै छक्क पर्ने आफ्नो शक्ति देखेर । अनि गर्जनेछ यर्थार्थमाथि ।

२०७७ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्