News Portal

सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
४२ पटक

काठमाडौं – शनिबार सुदूरपश्चिम प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरी थप २८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालाम ३ सय ६८ स्वाब परीक्षण गरिएकोमा कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शनिबार कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ का ६ महिला र ४ पुरुष गरी १० जना, भिमदत्तकै वडा नम्बर १० का एक महिला र एक पुरुष गरी दुई जना, कैलालीको धनगढीका एक महिला र ३ पुरुष गरी ४ जना, बर्दगोरिया गाउँपालिकाका एक महिला र एक पुरुष गरी दुई जना, टीकापुर र लम्कीका १र१ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै जिल्ला अस्पताल डोटी र डडेल्धुराको प्रयोगशालामा गरी शनिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डोटी प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९२ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। विज्ञप्ति अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा डडेल्धुराको परशुराम नगरपालिका –६ का २ जना रहेका छन्।

२०७७ भदौ २७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्