News Portal

सिन्धुपाल्चोकमा फेरी पहिरो, १९ घर पुरियो

मोटिभेटन्यूज संवाददाता
६६ पटक

काठमाडौं – सिन्धुपाल्चोकमा फेरी पहिरो गएको छ । जिल्लाको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा परी कम्तिमा २८ जना मानिस बेपत्ता भएका छन् । दुई जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ घर पहिरोमा परेका छन्। राति पहिरो गएकाले मानिसहरु घर पुरिँदा बेपत्ता भएका हुन्।

नागपुजे र भीरखर्कमा पहिरोले ठूलो क्षति पुर्‍याएको हो। सभामुख अग्नि सापकोटा पहिरो पीडितको अवस्था बुझ्न काठमाडौंबाट हिँडिसकेका छन्।

नेपाली सेनाको हेलिकप्टर पहिरो गएको ठाउँमा उद्धारका लागि जान खोज्दा पानीका कारण जान नसकेको ढकालले जानकारी दिए।

२०७७ भदौ २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्