मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ३, काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ।
८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्।
पेड्रो र अल्भारो मोराटाले सुरुवाती गोल गर्दै चेल्सीलाई २० मिनेटभित्र नै २-० को अग्रता दिलाएका थिए। तर हेनरिख मिखतर्यान र एलेक्स इओबीले गोल गर्दै पहिलो हाफमै खेल २-२ को अवस्थामा पुर्याए।
दोस्रो हाफमा एक गोल गर्दै चेल्सीले खेल जितेको हो।
लगातार दुई जितपछि ६ अंक जोडेको चेल्सी गोलअन्तरमा पहिलो स्थानमा छ।
लिगअन्तर्गत आज ३ खेल हुँदैछ।
२०७५ भदौ ३ गते प्रकाशित
