News Portal

असोज महिनाको राशिफल, सूर्य कन्या राशिमा जादा यी राशिलाई हुने छ मालामाल

मोटिभेटन्यूज संवाददाता
११६ पटक

काठमाडौं – सूर्य भगवान कन्या राशिमा जानुलाई कन्या संक्राति भनिन्छ । कन्या संक्रातिमा सूर्यको र शशिको पूजा हुन्छ । यो समयमा सूर्य बुधको स्वामित्व कन्या राशिमा प्रवेश हुन्छ । ज्योतिष शास्त्र अनुसार सूर्यलाई ग्रहको राजाको उपाधि प्राप्त छ । यसैले सूर्यको गोचर ज्योतिष शास्त्रमा अत्यन्त महत्वपुर्ण मानिन्छ ।

सूर्य एक राशिमा लगभग एक महिना रहन्छ । सूर्य जब आफ्नो गोचर बदल्छ तब आउनेवाला संक्राति पनि पत्ता लागाइन्छ । एक बर्षमा १२ संक्राति हुन्छ र यसैमा आँउछ आश्विन कन्या संक्राति । किन भने यसैबेला सुर्य कन्या राशिमा गोचर हुनुहुन्छ ।

कन्या संक्राति समयः

यो बर्ष २०७७ सालमा सूर्य असोज १ गते १०ः४० मा सिंह राशिबाट निक्लेर कन्या राशिमा प्रवेश गर्छ । र पुरै महिना कन्या राशिमा नै गोचरस्थ हुन्छ । सुर्यको कन्या राशिमा गोचर हुनाले सबै राशिहरुलार्इ कुनै न कुनै प्रकारले प्रभाव पार्दछ ।

सूर्य कन्या राशिमा गोचर हुदा राशिहरुमा निम्न प्रभावहरु पर्दछ ।

मेष राशी

मेष राशि हुनुभएकाहरुको लागि सुर्य गोचर हुनु छैँठौ भावमा प्रभाव पर्नु हो, यो अवस्थालाइ सामान्य मानिएको छ, सत्रु परास्त गर्न सफल हुनुहनेछ, कानुनी झमेलाहरुबाट सफलता प्राप्त हुन्छ, साहसमा बृद्धि हुन्छ, बोलिको प्रभाव कठोर बन्ने छ त्यसैले बोल्दा बिचार पुराउनु होला, स्वस्थ्यमा समस्या देखा पर्न सक्दछ सर्तकता अपनाउनु होला ।

वृष राशिः

वृष राशिको लागि सूर्य गोचर हुनु पाँचौ भावमा प्रभाव पर्नु हो, जसले गर्दा तपाइको कार्यक्षमतामा बृद्धि हुनेछ, पढाइमा सफलता मिल्नेछ, प्रेममा जोडिने समय रहेको छ त्यसकारण सम्बन्ध अगाडि बढाउनु पुर्व बिचार पुराउनु होला ,कुनै कार्यमा संलग्न हुने अवसरहरु प्राप्त हुनेछन ।

मिथुन राशिः

मिथुन राशि हुनुभएका व्यक्तिहरुको लागि सुर्य चौँथो भावमा गोचर भएको कारणले नकारात्मक प्रभाव पर्दछ जसले गर्दा पारिवारिक समस्याहरु आउने, चिंता बढ्ने, नया थालनि गरेका कामहरुबाट समस्या आउने र स्वास्थ्यमा समस्या देखा पर्ने कारणले सजगता अपनाउनु होला ।

कर्कट राशिः

सुर्यको कन्या राशिमा गोचर हुनु कर्कट राशिको लागि परिश्रम धेरै गर्नु पर्ने हुन्छ, तपाइ आफ्नो मिहेनतले अगाडि बढ्न सक्नु हुनेछ, तपाइमा केहि सकारात्मक परिवर्तनहरु आउनेछन पढाइको क्षेत्र राम्रो रहेकाले यदि पढाइ रोकिएको छ भने पनु सुचारु गर्न सक्नु हुनेछ, यदि तपाइ कुनै प्रतियोगात्मक काम गर्दै हुनुहुन्छ भने त्यसका तपाइले सफलता प्राप्त गर्न सक्नु हुनेछ ।

सिंह राशिः

सुर्यको गोचर सिहं राशिमा हुनु सिंह राशि हुनुनभएकाहरुको लागि रिसको मात्रा बढ्नु हो, सो समयमा ग्रहहरु शुभफदायक पनि हुन्छन, आर्थिक लाभ हुने योग रहेको छ, नेतृत्व क्षमतामा बृद्धि हुन्छ, आँखा, मुख र पेट सम्बन्धि स्वास्थ्य समस्याले सताउने छ, पारिवारिक माहोलमा परिवर्तनको संकेत देख्न सकिन्छ ।

कन्या राशिः

सूर्यको गोचर नै तपाइको राशिमा हुनलागेको छ, जसले गर्दा तपाइको क्षमतामा बुद्धि हुने छ, तपार्इँ मिहेनति बन्नु हुनेछ, बैबाहिक जीवनमा भने सामान्य मनमुटावको समय रहेको छ, बोलिको प्रभाव बढ्नाले तपाइको कार्यक्षेत्रमा बोलले नै सबैलाइ प्रसन्न पार्न सक्नु हुनेछ, पढाइमा प्रगति हुने योग रहेको छ ।

तुला राशिः

सूर्यको गोचर हुनु तुला राशि हुनुभएका हरुको लागि समान्य मान्न सकिन्छ, तपाइ व्यर्थ को भागदौडमा संलग्न हुनुपर्ने छ , अन्य स्थानमा गएर नया कामहरु को सुरुवात गर्न राम्रो समय रहेको छ , पारिवारिक खर्चहरु बढ्न सक्छन, बाहिरबाट कसैको मदद्धत मिल्न सक्नेछ, तर सर्तकता भने अपनाउनु होला, विभिन्न समस्याहरु ले सताउने योग भएकाले आफुलाइ केहि नियन्त्रणमा राख्नु होला ।

वृश्चिक राशिः

तपार्इको लागि यो समय समान्य रहेको छ, टेकनिकल क्षेत्रमा लाग्नु भएकाहरुको लागि यो समय अत्यन्त फलदाइ रहेको छ, यन्जीओ आइयनजीयो जस्ता बैदेशिक क्षेत्रमा लाग्नु भएकाहरुको लागि लाभको योग रहेको छ, व्यापार व्यावसाय फस्टाउने छ ।

धनु राशिः

तपार्इको लागि सुर्य गोचर हुनु केहि पारिवारिक समस्याहरु निम्तिनु हो, बैबाहिक जिवनमा समस्याहरु उत्पन्न हुन सक्छन, बुबा आमा संगको सम्बन्भ पनि तनावमय हुनेछ, काममा सफलता मिलेतापनि सर्तक रहनसहोला अनावश्यक खर्चले सताउने छ, मिहेनत तपाइले धरै नै गर्नुपर्ने देखिन्छ ।

मकर राशिः

यदि तपाइलाइ यो समयमा तपाइको सचिंत धनको प्रयोग गर्नु पर्ने भएमा यो अवस्थामा त्योधनको उपयोग नगर्नु होला, मानसिक तथा शारिरिक परिश्रम हुनेछ, यसैले बिचार पुराएर मात्र कार्य गर्नु होला, कहि कामहरु मनौतामा नै गर्नुहोला, जसले तपाइलाइ लाभ मिल्नेछ, बैदेशिक क्षेत्रबाट राम्रो समय रहेको छ, विधार्थिहरुको लागि पढाइको क्षेत्र राम्रो रहेको छ, केहि कामको सुरुवात गर्न लाग्नु भएको छ भने यो समय काम सुरुवातको लागि राम्रो रहेको छ ।

कुम्भ राशिः

केही पारिवारिक उतारचढाव आउन सक्छ, तपार्इलाइ कामहरुबाट केहि समस्याहरु आइपर्न सक्छन, व्यावसायिक क्षेत्रमा घाटा बहोर्नु पर्ने छ, काममा बाधाहरु आउने छन सर्तक रहनु होला, स्वास्थ्य समस्या देखा पर्न सक्छन स्वास्थ्यमा विशेष ध्यान दिनु होला ।

मीन राशिः

चिंता बढ्ने छ, अरुसंग धरै हेलमेल नबढाउनुहोला तपाइको भावनाको कदर हुनेछैन, तपाइको जिवनसाथिको स्वास्थ्यमा समस्याको कारणले तपाइको चिंता बढि तपाइको पनि स्वास्थ्यमा समस्या पर्न सक्छ त्यसैले सर्तक रहनु होला, पारिवारिक समस्याले सताउन सक्छ विचार पुराउनु होला, साझेदारिमा काम गर्नु हुन्छ भने सानो कु।ामा अविश्वास उत्पन्न हुन सक्छ थप सर्तक रहनु होला ।

२०७७ असोज १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्