News Portal

घुस लिएको अरोपमा अख्तियारले उपत्यकामा फेरि समायो तीन प्रहरी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१२ पटक
काठमाडौं

असोज १९, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अराोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

तीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो ।

अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्