News Portal

विप्लवका दाई विरजङ्गलाई कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
४६ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पार्टी महासचिव विप्लवका दाई चन्द्रलाई धरान कारागारमा कोरोना संक्रमण भएको हो ।

गत भदौ २६ गते सर्वोच्च अदालतले जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न दिएको आदेश लत्याउँदै सरकारले ‘वीरजङ्ग’ लाई अदालत परिसरवाटै पुनः गिरफ्तार गरि सुनसरी पुर्याएको थियो ।

बिभिन्न झूट्टा मुद्दा लगाएर हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका नेता वीरजङ्गलाई हिरासत मै कोरोना सङ्क्रमण हुनुमा सरकार नै जिम्मेवार भएको उनको पारिवारिक स्रोतको भनाई छ ।

विश्व नै कोरोनावाट आक्रान्त भै रहेको बेला स्वास्थ्य अवस्था निकै कमजोर भएका वीरजङ्गलाई गिरफतार गर्दा र हिरासतमा राख्दा प्रहरीले स्वास्थ्य सम्बन्धि कुनै सावधानी नअपनाएकोले नै कोरोना संक्रमण भएको बताइएको छ ।

नेता चन्दको उपचारको उचित व्यवस्था मिलाउन सरोकारवालाले जोड दिएका छन् । नेता चन्दलाई उपचारका लागि वी.पी.कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

२०७७ असोज २ गते प्रकाशित

प्रतिकृया दिनुहोस्