News Portal

तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४३९ पटक
काठमाडौं

असोज १९, कठमाडौं– तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतबाट पक्राउ गरेको हो। टोलीले ज्ञावलीलाई नेपाल ल्याइसकेको जनाएको छ।

ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल र १२ करोड ७० लाख रुपैयाँ जरिवाना तोकिएको थियो । पुनरावेदन अदालत पाटनले ज्ञवाली सहित उनकी श्रीमती गौरी खनाललाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाख/६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

जम्को प्रकाशनको नाममा सिद्दार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लीई सो कर्जा अपचलन गरेको अभियोगमा दोषी ठहर गरिएका ज्ञवाली दम्पती भने फरार रहेका थिए । ६ करोड पर्ने सम्पतीलाई धितो राखेर त्यसको ३ गुणा बढी कर्जा लिएर सो पैसा घर जग्गा लगायतमा लगानी गरी दुरुपयोग गरेको पाइएपछि अदालतमा मुद्दा दायर गरिएको थियो ।

कर्जा अपचलन गरेको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ज्ञावली दम्पत्तिविरुद्ध मुद्दा दायर गरेर अनुसन्धान अघि बढाएको थियो।

त्यसबेला प्रभु समूहले तत्कालिन किष्ट बैंकलाई आफुमा गाभेर किष्टलाई ठुलो दुर्घटना हुनबाट जोगाएको थियो।

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्