News Portal

नेविसंघका ३ जना कार्यकर्ता गिरफ्तार

मोटिभेटन्यूज संवाददाता
५२ पटक

काठमाडौं ––त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने क्रममा नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

६ दिनदेखि पदाधिकारीलाई प्रवेशमा निषेध गरिरहेका संघका कार्यकर्ता हटाउने क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। आन्दोलनका क्रममा संघका त्रिवि इकाइका सचिव योगेन्द्र रावलसहित दिपक ओझा र रुपेश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्रिविमा हुने नियुक्तिमा नेकपाले दलीयकरण गरेको संघको आरोप छ। त्रिविमा हुने नियुक्तिमा प्राज्ञिक मर्यादा र क्षमतालाई बेवास्ता गरेको संघले जनाएको छ। नियुक्ति प्रक्रियामा पारदर्शीता तथा शैक्षिक सुधारलगायतका माग गर्दै संघका कार्यकताले त्रिविमा आन्दोलन गर्दै आएका छन्।

गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

२०७७ असोज ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्