News Portal

संवैधानिक निकायमा छिटो नियुक्ति गर्न नेकपाको आग्रह

मोटिभेटन्यूज संवाददाता
६५ पटक

काठमाडौं –संवैधानिक निकायहरूमा नियुक्ति गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्त गर्न आग्रह गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

ुसंवैधानिक निकायमा नियुक्त गर्नका लागि कानुनले नै मापदण्ड बनाएको छ। त्यसकै आधारमा रहेर संवैधानिक परिषद्ले निर्णय गर्छ,ुउनले भने,ुसंवैधानिक परिषद्को बैठक छिटो बोलाउन हामीले प्रधानमन्त्रीलाई आग्रह गरेका छौं।ु

सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टी र सरकारको सम्बन्ध अझै सुदृढ बनाएर सरकारको विश्वसनियता अझै बढाउन बैठक सफल भएको उनले बताए।

राजनीतिक नियुक्ति गर्दा पार्टीभित्र छलफल हुने र संवैधानिक निकायको नियुक्ति गर्दा संवैधानिक परिषदको बैठकमा संविधान र कानुन अनुसार छलफल हुने उनले बताए।

२०७७ असोज ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्