News Portal

कोरोना संक्रमणबाट सरकारी कर्मचारीको मृत्यु

मोटिभेटन्यूज संवाददाता
१४३ पटक

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यलय सप्तरीमा कार्यरत एक कर्मचारीको कोरोनाबाट मृत्यु भएको हो ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको हो । सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्सेसमेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे ।

११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।

२०७७ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्