News Portal

कर्मचारी ठग्ने नेशनल लाईफले जनतालाई पनि ठग्न खोज्यो, बीमा गर्दा होसियार !

मोटिभेटन्यूज संवाददाता
२५८ पटक

काठमाडौं – कम्पनीमा काम गरेर बिदा भएका कर्मचारीलाई ठगेर चर्चामा आएको नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जनता ठग्ने नियत राखेको पाइएको छ । कम्पनीले बीमा गरेबापत बीमितले पाउने बोनसमा भ्रम फैलायर ठग्ने नियत राखेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसका बारेमा भ्रामक विज्ञापन गरेर जनता भुक्याइ रहेको छ । कम्पनीले ८५ रुपैयाँ प्रतिहजार बोनस दिने उल्लेख गरेर जनतामा भ्रम छरेको हो । यस्तो खालको विज्ञापन हेरेर वा सुनेर बीमा गर्ने बीमित सत प्रतिशत ठगिने पक्का छ ।

कम्पनीले आर्थिक बर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको बोनस दर प्रतिहजार प्रतिबर्ष ६४ रुपैयाँ, ६५ रुपैयाँ र ८५ रुपैयाँ कायम गरेको छ । तर कम्पनीले विज्ञापन गर्दा ८५ रुपैयाँ प्रतिहजार प्रतिबर्ष  दिने उल्लेख गरेको छ । यो सरासर भ्रम । कम्पनीले जनतालाई झुक्याएर धेरै पोलिसी विक्रि गर्न कपटपूर्ण कदम चालेको बीमा क्षेत्रका जानकारहरुको भनाई छ ।

कम्पनीले दिने ८५ प्रतिशत बोनस दुर्लभ पोलिसीका लागि मात्र हो । यदी कुनै बीमितले २६ बर्षभन्दा माथि अवधिका लागि बीमा गरेको खण्डमा मात्र यो पोलिसीले ८५ प्रतिशत बोनस पाउँछ त्यो पनि आर्थिक बर्ष २०७५/७६ को मात्र हो । अहिले बीमा गर्ने बीमितले कति रुपैयाँ बोनस पाउने हुन कुनै टुङ्गो छैन ।

कम्पनीको आधिकारिक बोनस दर अर्थात जनताले प्राप्त गर्ने बोनस भनेको ६४ रुपैयाँ प्रतिहजार प्रतिबर्ष हो । यो ५ बर्षदेखि १९ बर्षे बीमा अवधिका लागि लागू हुन्छ । कुनै बीमितले ५ देखि १९ बर्षे अधिका लागि बीमा गरेको खण्डमा उसले ६४ रुपैयाँ प्रतिहजार प्रतिबर्ष बोनस पाउँछ । २० देखि २५ बर्ष समयाबधिको बीमा गरेका बीमितले आर्थिक बर्ष २०७५/७६ को ६५ रुपैयाँ प्रतिहजार प्रतिबर्ष बोनस पाउँछन ।

२६ बर्ष भन्दा माथिको समयावधिको बीमा गरेका बीमितले मात्र ८५ रुपैयाँ बोनस पाउने छन । यो एकदमै दुर्लभ योजना हो । यो समयावधिका लागि निकै नै कमले बीमा गर्ने गरेका छन । यसरी विज्ञापनमा अरु कुरा केही पनि उल्लेख नगरी ८५ रुपैयाँसम्म बोनस भनेर विज्ञापन गर्नु सरासर झुटको खेती हो । यही झुटको खेती गरेर पश्चिम नेपालमा कम्पनीका अभिकर्ताहरुले सर्वसाधारणलाई बीमा पोलिसी विक्रि गरिरहेको छन् ।

पश्चिम नेपालका बाँके, बर्दिया, सुर्खेत, दाङ, जुम्ला, दैलेख, कालिकोट लगायतका जिल्लाहरुमा कम्पनीका अभिकर्ताहरुले आफ्नो कम्पनीको बोनस सबैभन्दा धेरै भएको भनेर सर्वसाधारणलाई भुक्याई रहेका छन् । विभिन्न अनलाईन मिडिया र पत्रपत्रिकामा आएका विज्ञापनहरु देखाउँदै ८५ प्रतिशत बोनस भएको कम्पनीमा बीमा गर्नुहोस् तपाईलाई फाइदा हुन्छ ? भनेर सर्वसाधारणलाई भुक्याइरहेका छन । अभिकर्ताले गरेको यो झुट सरसर ठगी हो ।

के हो बोनस दर ?

बोनस भनेको सामान्यतया बीमा गर्ने व्यक्ति वा उसको आफन्तले पाउने प्रतिफल हो । त्यो विमा कम्पनी अनुसार फरक फरक हुन्छ । यसलाई अझै बुझ्नेगरी भन्नपर्दा इन्सुरेन्स कम्पनीले दिने ब्याज हो । बीमा कम्पनीका एजेण्टहरु बीमाका फाइदाहरुमा भन्ने दोब्बर प्रतिफल हो । उनीहरु यति बर्षपछि दोब्बर हुन्छ भनेकै बोनस हो । त्यो बीमा अवधि वा बोनस अनुसार दोब्बर हुनपनि सक्छ नहुनपनि सक्छ ।

बोनस दर स्थिर हुँदैन् । कम्पनीले दिने प्रतिफलका आधारमा बोनस दर हरेक बर्ष घटिबढि भइरहन्छ । बोनस दर हेरेर बीमा गरियो भने फस्ने खतर पनि हुन्छ । नेपाली बीमा बजारमा देखिएको अस्वस्थ प्रतिशपर्धाका कारण बीमा कम्पनीहरुले आफ्नो बोनस दरलाई देखाएर जनतामा भ्रम छर्दै व्यापार गरिरहेका छन् । बोनस भनेको कम्पनीको अवस्था कस्तो छ ? भनेर दिने जानकारीको रुपमा पनि बुझ्ने गरिन्छ ।

बीमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन पछि बीमा समितिले बीमाको बोनस दर हरेक बर्ष तोकिदिने गर्दछ । त्यो बोनस दर अर्को बोनस दर कायम नहुँदा सम्मका लागि लागू हुने गर्दछ । बोनस दर बीमाको पोलीसी जहिले जारी भएको भएता पनि यो बर्ष कति बोनस छ त्यहि अनुसारको प्रतिफल बीमितले पाउने गर्दछन् । अर्थात बीमितले हरेक बर्ष फरक फरक बोनस पाउन सक्छ । जस्तै एक जना व्यक्तिले २०७० सालमा बीमा गरेको थियो र त्यो समयमा एउटा कुनै कम्पनीको बोनस दर ६५ प्रतिहजार थियो । तर कम्पनीको आर्थिक स्थिति खस्कियो र २०७५ सालमा उसको बोनस दर ६० रुपैयाँ कायम भयो भने उसले त्यो बर्ष ६० रुपैयाँका दरले प्रतिफल पाउँछ ।

कसरी भयो बदमासी ?

नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जुन योजनाका लागि भनेर बजारमा हल्ला गरिरहेका छ त्यो योजनामा सहभागीको संख्या नगन्य छ । यसरी उक्त योजनामा सहभागि नहुनु भनेको असफल हुनु हो । अथवा त्यो योजना मन नपराउनु हो । कम्पनी मन नपराएको बीमा योजनामा उच्च प्रतिफल पाइने भनेर भ्रम छरिरहेको छ ।

यो बीमा कम्पनीमा आर्थिक बर्ष २०७५/७६ सम्म ३ लाख ४७ हजार ६ सय ८१ जनाले बीमा गरेका छन । कम्पनीले हल्ला गरेको ८५ रुपैयाँ बोनस पाउने बीमितको संख्या १ प्रतिशत पनि छैनन् । यसको मतलव कम्पनी मजबुत छ भनेर देखाउन देखावटी रुपमा विज्ञापन गरेको मात्र हो, बास्तविकत जनता ठग्ने नियतनै हो ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनीले पनि त्यही अनुसार बीमाको बारेमा जानकारी नभएका जनतालाई भ्रम छरेको हो । एक अध्ययनका अनुसार नेपालमा बीमाको बारेमा अझैंपनि ७० प्रतिशन जनतालाई जानकारी नै छैन । जानकारी भएपनि बीमा नगर्नेहरुको भिड पनि उस्तै छ । नेपालको विमा बजार अहिले २० प्रतिशन जनताको पहुँचमा पुगेको छ । त्यहि खाली बजारलाई प्रभावित पार्नका लागि कम्पनीले प्रपोकाण्डा गरिरहेको छ ।

नेपाली जनताले पहिला त विमा गर्दै गर्दैनन् । गरेपनि १५ बर्ष भन्दा माथिको बीमा विरलैले गर्छन् । हरेक कम्पनीको १५ बर्ष अवधिका लागि कायम भएको बोनस दर ६५ प्रतिशत भन्दा तल छ । झन नेशनल लाइफ इन्सुरेन्स कम्पनीको बोनस त ६४ रुपैयाँ छ ।

यो पनि पढ्नुहोस 

आफ्नै कर्मचारीलाई त यसरी ठग्छ नेशनल लाईफ इन्सुरेन्स, जनतालाई के गर्ला ?

बोनसका नाममा भ्रम छर्दै विमा कम्पनीहरु

२०७७ असोज ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्