News Portal

११ वर्षीया एक बालिकाको हत्या

मोटिभेटन्यूज संवाददाता
९८ पटक

बारा – बराहक्षेत्र नगरपालिका १ कटहरेमा ११ वर्षीया एक बालिकाको हत्या भएको छ ।

शुक्रबार राति करिब १ बजेको समयमा मीना राईको हत्या भएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव रावबंशीले जानकारी दिए । उनका अनुसार सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला ती बालिकाको घर मै हत्या भएको हो । घट्नास्थल वरिपरी बियरका बोतलहरू भेटिएको स्थानीयले बताए ।

वडाध्यक्ष सुरेश श्रेष्ठका अनुसार उनी छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी थिइन् । उनी केही समयपछि निन्द्रा लाग्यो भन्दै घर फर्केकी थिइन् । धामी हेरेर आमाबुबा राति साडे १ बजे आउँदा उनको कोठामा हत्या गरेको अवस्थामा शव भेटिएको उनका बाबु दशरत राईले बताए ।

घट्ना स्थल पुगेर फर्कदै गरेका इन्स्पेक्टर राजबंशीले कर्तव्य ज्यान भएको बताए । उनले घट्नाबारे अनुसन्धान भइरहेको बताए । राति १२–१ बजेसम्म रक्सी खाएर हिड्दै गरेको सूचनाका आधारमा आठजना युवाहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार बिहान पक्राउ गरेको छ ।

२०७७ असोज १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्