News Portal

विदेशबाट फर्केकी पार्वतीको लोभलाग्दो व्यवसाय, फर्किफर्की आउँछन् ग्राहक

रेनुका बुढाथोकी
२९२ पटक

काठमाडौं – बालाजु चोकबाट बाइपासतीर गएपछि प्रहरी चौकी र बाइसधाराको विचमा छ दुप्चेश्वरी कलेक्शन । त्यसकी संचालिका हुन पार्वती अर्याल । त्यहाँ महिलाहरुका लागि गुणस्तरीय बुटिकका सामानहरु उचित मूल्यमा पाइन्छ । कुनै समय जागीर खोज्दै भौतारिएकी पार्वती अहिले राम्रो अम्दानी गरिरहेकी छिन् ।

नुवाकोट स्थायी घर भएकी पार्वती ६ बर्ष अघि अर्काको पसलमा काम गरेर जीविका चलाई रहेकि थिइन् । उक्त पसलमा काम गरेको कमाइले खान लाउन धौधौ भएपछि ४ बर्ष अघि वैदेशिक रोजगारीका लागि दुवई गएकी थिइन उनी । दुवइमा ४ वर्ष पिजा हटमा काम गरेर व्यावसायको अनुभव बटुलेर केही समयअघि नेपाल फर्केकी थिइन । विदेशमा लामो समय दुख गरेर केही महिना अघि नेपाल आएकी उनी नेपालका वेरोजगार बस्न सकिनन ।

विदेशमा दुख गरेर जम्मा गरेको सानो पुँजीले बालाजु बाइपासमा बुटिक व्यवसाय संचालन गर्ने निधो गरिन उनले । लकडाउन अघि व्यवसाय संचालन गरेकी अर्यालले राम्रै आम्दानी गरिरहेकी थिइन । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण उनको व्यवसायमा समेत ठूलो असर पर्यो ।

पसल संचालन गरेको केही समयपछि नेपालमा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गर्यो । त्यही लकडाउनका कारण उनलाई सटर भाडा तिर्न समेत मुस्किल परेको थियो । लकडाउन अगाडि दैनिक २० देखी २५ हजारको व्यापार हुने उनको बुटिकमा लकडाउन खुलेपछि वल्ल तल्ल ८ देखि १० हजारको व्यापार हुन थालेको छ ।

व्यवसाय उनको रुचीको पेशा नभएपनि आफ्ना सपना पुरा गर्न बुटिक व्यवसाय रोजेकी हुन । उनको सानैदेखिको सपना थियो अभिभावक विहिन बालबालिका, असक्त र असह्हायहरुको सेवा गर्नु । तर त्यसका लागि पैसा चाहिने भएकाले उनले व्यवसायलाई विकल्पका रुपमा रोजेकी हुन ।

मिजासीली स्वभावकी उनी बुटिकमा छिरेका सबै ग्राहकलाई मन्द मुस्कानले स्वागत गर्छिन । पसलमा आउने जो–कोही उनको शिल स्वभावका कारण फर्किफर्की समान किन्न आउने गर्दछन । त्यही भएर होला लकडाउन पछि पनि उनका ग्रहकहरु घटेका छैनन् । पसलमा उत्कृष्ठ ब्राण्डका सामानहरु भएर पनि ग्राहकहरु आर्कषित भएको अर्यालको भनाइ छ । उनको पसलमा उत्कृष्ट ब्राण्डका सारी, कुर्थी, कुर्थासलवार, लेहेङ्गा, गाउन, टप्स, लगाएतका सामानहरु पाइन्छन् ।

उनको सानै देखिको सपना समाज सेवा गरेर दुःखी पीडतहरुको सेवा गर्न थियो । उनको यो सपना मरेको छैन् । व्यवसायसँगै अभिभावक विहिन बालबालिकाहरुको शिक्षा, दिक्षा र लालन, पालन गर्ने तयारीमा छिन् उनी । उनी व्यवसाय र समाज सेवालाई समानान्तर रुपमा संचालन गरेर मोक्षा प्राप्ति गर्ने प्रयत्नमा छिन ।

२०७७ असोज १० गते प्रकाशित

प्रतिकृया दिनुहोस्