News Portal

मोटिभेटका प्रदेश संयोजक न्यौपाने तालिम व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित

मोटिभेटन्यूज संवाददाता
१४४ पटक

काठमाडौं – मोटिभेट न्यूज डटकमका प्रदेश संयोजक दिनेश न्यौपाने नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ बाँके र बर्दियाको अध्यक्षमा निर्वाचित भएका छन । मोटिभेट न्युजका प्रदेश ५ संयोजनक न्यौपाने केही दिन अघि अध्यक्षमा निर्वाचित भएका हुन ।

प्रदेश ५ को कोहलपुरमा बसेर व्यवसायसँगै पत्रकारिता गदै आएका न्यौपाने बाँके र बर्दियाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । भेरी मालिका मल्टी टेक्निकल कलेजका प्रबन्धक निर्देशक उनी बेरोजगारहरुलाई उचित सिप सिकाएर रोजगारी प्रदान गरिरहेका छन ।

उनी वेरोजगार युवाहरुलाई सिप सिकाएर आवश्यक जनशक्ति तयार पारी रोजगारदाताहरुसँग सम्पर्क गराएर जागीरमा लगाइदिने काम गर्दछन ।

२०७७ असोज १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्