News Portal

जोर – बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ

मोटिभेटन्यूज संवाददाता
६२ पटक

काठमाडौं – ट्राफिक प्रहरीले जोर – बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर – बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ ।

सवारी जाम बढ्न थालेपछि जोर – बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमानुसार जोर(बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्‍कअनुसार ट्राफिक कारबाहीमा आठ सयभन्दा बढी सवारीसाधन परेका छन् ।

करिब सात सय मोटरसाइकल र स्कुटर छन् । होल्ड गरिएका सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।
संक्रमणको जोखिम बढ्दै गएकाले जोर – बिजोर प्रणाली पूर्ण रुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिड बढिरहेको छ ।

२०७७ असोज १३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्