News Portal

सांसद नवीना लामाले आइजीपीको बर्खास्ती प्रतिशोध साँध्न संगठन प्रयोग गरेको खुलासा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६३९ पटक
काठमाडौं

 

असोज १९, काठमाडौं – सत्तारुढ दलकै विद्यार्थी भ्रातृ संगठनले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बर्खास्ती गर्न माग गर्दे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि संगठनमा विवाद देखा परेको छ । पछिल्लो समय घटनाले फरक रुप लिएको छ । ज्ञापनपत्र बुझाउन गृहमन्त्रालय पुगेका अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका रञ्जित तामाङले बुझाएको ज्ञापनपत्र सांगठनिक नभई व्यक्तिगत भएको भन्दै संगठनभित्रैबाट खण्डन पनि भएको छ ।

उनीहरुले बुझाएको ज्ञापन पत्रको बाहिरी तथ्य निर्मला हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको र दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको नेपाल प्रहरीलाई आरोप लगाइए पनि बास्तविकता भने प्रहरी प्रमुख आइजिपी खनालप्रति प्रतिशोध भएको खुलेको छ ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार सांसद लामाले प्रहरी प्रमुख खनाललाई ज्यानमार्ने धम्की दिएको मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामालाई छुटाउन दबाब दिएकी थिइन् । तर खनालले आपराधिक गतिविधिमा संलग्न र प्रहरीले पक्राउ गरेका व्यक्तिको आवश्यक अनुसन्धान गरेर मात्र दोषी र निदोर्ष छुट्याएर कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए ।

यसअघि पनि सांसद लामाले सत्यमानलाई छुटाउन महानगरीय प्रहरी परिसर पुगेर तत्कालीन परिसर प्रमुख एसएसपी विश्वराज पोखरेललाई भेटेर दबाब दिएकी थिइन । उनले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहलाई पनि सत्यमानलाई छुटाउन दबाब दिएकी थिइन् ।

आइजिपी खनालले कानुन पालना गराउने निकाय प्रहरीले कानुन विपरीत काम नगर्ने अडान लिएपछि आक्रोसित बनेकी सांसद लामा संगठनको नाम लिएर गृहमन्त्री गुहार्न पुगेको उनै नेतृत्वको संगठनका सदस्यहरुले आरोप लगाएका छन् ।

२०७५ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्