News Portal

व्यवसायसँगै मोडलिङमा जम्दै दिपक (भिडियोसहित)

मोटिभेटन्यूज संवाददाता
३७७ पटक

काठमाडौं – काठमाडौंको बागबजारमा व्यवसायी गर्दै आएका दिपक घिमिरे अभिनीत गीत ‘जुनी जुनी’ बजारमा आएको छ । डिबी तामाङको शब्द रहेको आधुनिक गीतमा मनिसा पोखरेलको स्वर रहेको छ ।

उक्त गीतमा दिपक घिमिरे, सरिस्मा मगर र सुस्मा धमलाले अभिनय गरेका छन । पहिलो पटक सांगीतिक दुनियाँमा प्रवेश गरेका दिपक घिमिरेको अभिनय लोभ लाग्दो छ ।

काठमाडौमा व्यवसाय गर्दै आएका मोडल घिमिरले पहिलो पटक गरेको अभिनय धेरैले रुचाएका छन । बाल्यकालदेखिनै मोडलिङमा लाग्ने सपना देखेका उनी अन्ततः आफ्नो सपना पुरा गर्न सफल भएका छन ।

अग्लो जिउडाल भएका, मिलेको दाह्री र गीतले मागेको अभिनय गरेका कारण उनको माग बढ्दो छ । उनको यही गीतको अभिनय हेरेर धेरै निर्देशकहरुले राम्रो गीतका लागि प्रस्ताव राख्न थालेका छन । यही गीत हेरेर धेरै निर्देशकले मोडलिङका लागि प्रस्ताव राखेको दिपकले बताए ।

यो गीत सार्वजनिक भएपछि दिपकले अर्को गीतको समेत सुटिङ गरिसकेका छन । उनको त्यो भिडियो पनि छिट्टै बजारमा आउने छ ।

काठमाडौंको बागबजारमा बसेर सटिङ, सुटिङको व्यापारे गर्ने उनी व्यापारसँगै सांगितिक क्षेत्रमा जम्न चाहान्छन् । बुटवल स्थायी घर भएका घिमिरे अध्ययनको शिलसिलामा विगत १६ बर्ष पहिले काठमाडौं आएका थिए । अध्ययनसँगै व्यापार व्यवसायसमेत गर्दै आएका उनी मिहिनेती र लगशिल भएकै कारण आफ्नो पेशामा सफल छन । पसलमा गरेको मेहिनेत अव अभिनयमा लगाउने उनको सोच छ ।

साइन कलेक्सन एण्ड टेलरिङ सेन्टरका मालिक उनी व्यापार र मोडलिङलाई संगसंगै अगाडी बढाउन चाहान्छन । आत्मा सन्तुष्टिका लागि मोडलिङ क्षेत्रमा प्रवेश गरेको बताउने उनी व्यापारलाई निरन्तरता दिदै मोडलिङलाई समेत आफ्नो पेशा बनाउने बताउँछन ।

२०७७ असोज १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्