News Portal

झण्डै १७ करोड भ्रष्टाचार काण्डमा मुछिएका पौडेललाई कोरोना संक्रमण

मोटिभेटन्यूज संवाददाता
४१९ पटक

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना भाइरसको लक्षणसमेत देखिएको छ ।

सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको हो।

सामान्य लक्षण देखिएपछि होम आइसोलेसनमा बसेर टेष्ट गराएको र अहिले रिर्पोट पोजेटिभ आएको पैडेलले बताए । उनले आफूलाई धेरै गाह्रो नभएको समेत बताएका छन । तर हल्का ज्वरो र रुघाखोकी भने जारी रहेको उनको भनाई छ ।

उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भारत भ्रमणमा गएका वेलामा आयल निगमको झण्डै १७ करोड रुपैयाँ अनियमितता भएको थियो । गत फागुनमा विरामी परेको वहाना बनाई भारत गएका मन्त्री भट्टसँग उनी पनि गएका थिए । त्यही वेलामा १६ करोड ६५ लाख रुपैयाँ कमिसन लिएर राज्यलाई ठूलो नक्सानी पुर्याएका थिए ।

यस बारेको पुरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

२०७७ असोज १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्