News Portal

काठमाडौंमा कति थपिए कोरोना संक्रमित ?

मोटिभेटन्यूज संवाददाता
७३ पटक

काठमाडौं – काठमाडौंमा ८१७ सहित उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, बिहीबार नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले जानकारी दिए।

 

२०७७ असोज १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्