News Portal

नेकपा सचिवालय बैठक भोलि बस्दै

मोटिभेटन्यूज संवाददाता
५१ पटक

काठमाडौं –सत्तारुढ कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोली शनिबार बस्ने भएको छ ।

आज शुक्रबार विहान बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलले सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेको हो ।

स्रोतका अनुसार आजको छलफलमा बिहीबार बेलायत र अमेरिकाका लागि भएको राजदूत सिफारिसको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यी सिफारिसमा पार्टीको सल्लाह नलिएको र नमानेको भन्दै प्रचण्ड समूह यसमा असन्तुष्ट भएको छ

२०७७ असोज १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्