News Portal

भालुवाङ बजार : जो कहिल्यौ आफ्नो बनेन तर राजधानी बन्यो

मोटिभेटन्यूज संवाददाता
१४२ पटक

काठमाडौं – दाङको भालुवाङ बजार एकाएक चर्चामा आएको छ । सत्तारुढ नेकपाको निर्देशनमा प्रदेश ५ सरकारले दाङको भालुवाङलाई प्रदेश राजधानी बनाउने प्रास्तव गरेपछि यो ठाउँ चर्चामा आएको हो ।

तर, यो कुराले भालुवाङ बासीलाई खुरी भन्दा दुखी बढी बनाएको छ । प्रदेश ५ सरकारले शुक्रबार भालुवाङ बजार र त्यस आसपासको राप्ती किनारले समेटेको उपत्यकालाई स्थायी राजधानी बनाउने निर्णय गरेको छ । र, यो प्रस्ताव शुक्रबार नै प्रदेश सभामा दर्ता भइसकेको छ । त्यो प्रस्तावले आफ्नोृ उठीवास लाग्ने हो भनेर स्थानियहरु पीरमा छन ।

दाङ जिल्लाको सानो व्यापारिक केन्द्र हो भालुवाङ । यो राप्ती गाउँपालिकामा पर्छ । राप्ती गाउँपालिकाको प्रशासनिक केन्द्र मसुरिया भए पनि व्यापारिक केन्द्र भने भालुवाङ नै हो । चुरे पहाडको फेदमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको छ ।

भालुवाङको खास बजार पहिले पूर्वपश्चिम राजमार्गभन्दा पूर्वपट्टी थियो । रोल्पा, प्यूठानतिरबाट मानिसहरु त्यहीँ किनमेल गर्न आउँथे । तर, जब पूर्वपश्चिम राजमार्ग त्यो बजारभन्दा पश्चिमतिरबाट बन्यो, तब राजमार्गलाई छोएको ठाउँमा नयाँ बजार बस्यो र नयाँ बजारलाई पुल्चोक भन्न थालियो ।

पहिलेको चल्तीको बजार सुक्दै गयो र पुल्चोकमा तीव्र शहरीकरण भयो । अर्बौंका पूर्वाधार बने पनि भालुवाङ बजार कसैको स्वामित्वमा छैन । किनभने, भालुवाङको अहिलेको बाक्लो बजार बसेको स्थान राष्ट्रिय वनको क्षेत्र हो ।

पूर्वपश्चिम राजमार्ग बनेपछि गाडीहरुको चहल–पहल सुरु हुनासाथ मानिसहरुले राष्ट्रिय वन फँडानी गरी त्यहाँ घर बनाएर बस्न थाले । भालुवाङको पुल्चोक क्षेत्रका अधिकांश घरहरु राष्ट्रिय वन क्षेत्रमा बनेका छन् । तर, त्यहाँको जग्गाको लालपूर्जा कसैसँग छैन । भालुवाङ बजारको जग्गालाई सरकारले स्वामित्व नदिए पनि बिजुली, खानेपानी र अन्य सरकारी सुविधा उपलब्ध गराइरहेको छ ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी भन्छन्, ‘लालपूर्जा नभए पनि भालुवाङ बजारमा घर बनाएर बस्ने, व्यापार गर्नेहरु बढीरहेका छन् । सरकारी जग्गामा बन्यो भनेर भत्काउन सकिँदैन ।’

३१ बिघा भन्दा धेरै जग्गामा फैलिएको भालुवाङ बजारमा एक हजार एक सय बढी घरहरु बनेका गाउँपालिका अध्यक्ष सुवेदीको अनुमान छ ।

भालुवाङवासी वर्षौंदेखि भोगचलन गर्दै आएकाले लालपूर्जा दिनुपर्ने माग गर्दै सिंहदरबार धाउने गरेका छन् । तर, त्यसको सट्टा जग्गा वन मन्त्रालयले माग्ने गरेको छ ।

स्थानीय मिलेर बजार क्षेत्रभन्दा केही माथि केही जग्गा उपलब्ध गराउने सहमति पनि गरेका थिए । तर, राजनीतिक खिचातानीका कारण त्यो सम्भव हुन सकेको छैन । अब राजधानी बनेपछि आफ्नो उठीबास लाग्ने होकी भनेर चिन्तीत छन पुलचोकका स्थानिय ।

यस्तो छ प्रदेश ५ को स्थायी राजधानी भालुवाङ, हेर्नुहोस् भिडियोमा

यस्तो छ प्रदेश ५ को स्थायी राजधानी भालुवाङ, हेर्नुहोस् भिडियोमा

Motivate News यांनी वर पोस्ट केले शुक्रवार, २ ऑक्टोबर, २०२०

 

२०७७ असोज १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्