News Portal

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि

मोटिभेटन्यूज संवाददाता
१०० पटक

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२८० भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना कोरोना संक्रमित थपिएका हुन्।

२०७७ असोज १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्