News Portal

कोरोना संक्रमण पुष्टिमा रेकर्ड ब्रेक, कति थपिए आज ?

मोटिभेटन्यूज संवाददाता
८१ पटक

काठमाडौं – कोरोना संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएर रेकड ब्रेक गरेको छ । यो आजसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको संख्या हो ।

देशभरका प्रयोगशालामा १४ हजार ७ सय ३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५ सय २० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।

२०७७ असोज १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्