News Portal

गरिब दुःखीको साथमा मनायो नेकाले आफ्नो दोश्रो बार्षिकोत्सव

मोटिभेटन्यूज संवाददाता
९७ पटक

काठमाडौं – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले आफ्नो दोश्रो बार्षिकोत्सव गरिब दुःखीको साथमा मनाएको छ । असोज १७ गते परेको आफ्नो दोश्रो बार्षिकोत्सवको अवसरमा नेकाले खान नपाएहरुलाई खाना खुवाएर आफ्नो दोश्रो बार्षिकोत्च्सव मनाएको हो ।

नेकाले खुल्लामञ्च टुँडिखेलमा कोरोना प्रभावितहरुलाई खाना खुवाएर मनाएको नेकाका सचिव दिपक कोइरालाले जानकारी दिए । कोरोना कहरपछि देशभर भएको लकडाउनबाट प्रभावित जनतालाई खाना खुवाएर बार्षिकोत्सव मनाएको कोइरालाको भनाई छ । बार्षिकोत्सवमा नेकाले सामाजिक उत्तरदायित्वलाई ख्यालमा गरेर दुःखी पीडितलाई खाना खुवाएको उनले बताए ।

त्यस्तै राष्ट्रिय शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ ले पनि समाजिक कार्य गरेर दोश्रो बार्षिकोत्सव मनाएको छ । नेका प्रदेश १ ले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित बृद्धाश्रमका जेष्ठ नागरिकलाई खाना खुवाएर मनाएको हो ।

२०७७ असोज १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्