News Portal

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

मोटिभेटन्यूज संवाददाता
४९ पटक

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सरकार पुनर्गठन, राजनीतिक नियुक्तिलगायतका विषयमा छलफल गर्नका लागि सचिवालय बैठक आइतबारका लागि बोलाइएको थियो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको कारण देखाउँदै बैठक स्थगित भएको बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका सल्लाहकार, सचिवालयका कर्मचारीका साथै सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित ७० भन्दा बढीमा कोरोना भाइरसको संक्रण पुष्टि भएपछि बैठक स्थगित भएको हो । सल्लाहकार, सचिवालय तथा सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका छन् ।

 

२०७७ असोज १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्