News Portal

बलात्कारीलाई पक्राउ गर्न नसक्ने यो सरकार नालायक हो : देउवा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।

नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको दशैंको शुभकामना आदान – प्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले बलात्कारीलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझैसम्म पनि पक्राउ गर्न नसक्नु लाजमर्दो विषय भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ’ देउवाले भने ।

उनले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन । जंगल मास्ने संयन्त्रण भइरहेको छ’ उनले भने, ‘त्यो भन्दा त दिपायल नै ठीक थियो ।’

२०७५ असोज २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्