News Portal

के तपाईको मोटरसाइकल हरायो ? यसरी दिनुहोस् निवेदन

मोटिभेटन्यूज संवाददाता
५७ पटक

काठमाडौं –यदि तपाईंको सवारी साधान हराएको छ भने अब अनलाइनबाटै ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन सकिने भएको छ ।

त्यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिन अघिमात्रै हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस्ट एण्ड फाउण्ड भेहिकल रेकर्ड सिस्टमको सुरुवात गरेको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिलाई ध्यान दिँदै ट्राफिक महाशाखाले नयाँ सफ्टवेयरको सुरुवात गरेको हो । योसँगै सवारी साधन हराएको खण्डमा निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ असोज २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्