मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एसपी प्रवीण पोखरेलको नेतृत्वमा खटिएको टोलीले एक लाख भन्दा धेरै घुससहित उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ ।
२०७५ असोज २० गते प्रकाशित
