News Portal

सनराइज बैंकमा तपाईँको खाता छ ? ख्याल गर्नुहोस् बैंकले फसाउला

मोटिभेटन्यूज संवाददाता
७२९ पटक

काठमाडौँ – सनराइज बैंकमा खाता भएका ग्रहकहरु चनाखो हुन पर्ने भएको छ । बैंकले दिएको नोटको बिटोमा नक्कली नोट भेटिएपछि सजक हुनपर्ने भएको हो ।

सनराइज बैंकको खिचापोखरीस्थित शाखाबाट भिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएको छ । उक्त नक्कली नोटका कारण एक जना व्यापारीले अनावश्यक झमेलामा खेप्नु परेको छ । बैंकका कर्मचारीहरुको विश्वासमा परेर एक लाख रुपैयाँको बिटो जस्ताको जस्तै लिएर अर्को बैंकमा जम्मा गर्दा ती व्यापारी अनाबश्यक बैंकका कर्मचारीको गाली खान पर्यो ।

अनावश्यक तनाव बेहोरेका ती व्यापारीले भने, ‘बिटोमा बैंकको स्टिकर, छाप लगाएकाले शंका गर्नुपर्ने अवस्था थिएन । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङकमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए ।’

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीको छ । नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने गरेका छन ।

यसअघि सनराइज बैंकको खाताबाट आफै पैसा काटिएपछि बैंक सूचनानै निकालेर आफ्नो खाता वेलावेलामा चेक गर्न अनुरोध गरेको थियो । यस्ता घटनाले सनराइज बैंक कर्मचारीबाटै असुरक्षित भएको बैंकिङ सेक्टरका जानकारहरु बताउँछन । बैंकको छाप भएकै रुपैयाँको बिटोमा नक्कली नोट भेटिनु कर्मचारीहरुको गम्भीर क्रुटी भएको उनको भनाई ।

नेपाल राष्ट्र बैंकले नोट चनाखो भएर कारोबार गर्न अनुरोध गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कारोबार गर्दा राम्रोसँग नोट चिनेर गर्न अनुरोध गरे । उनले नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिने बताए । उनले भने, ‘नोटमाथि शंका लागेमा एक थोपा पानी राखेर हेर्र्नुहोस् । पानी राख्ने विक्तिकै नक्कली नोट गल्छ ।’

यो पनि पढ्नुहोस्

सनराइज बैंकमा तपाईँको खाता छ ? त्यसो भए स्टेटमेन्ट हेर्नुहोस्, तपाईँको पैसा गायव भएको हुन सक्छ (बैंकको सूचनासहित)

२०७७ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्