News Portal

बालिकामाथि बलात्कार गर्न खोज्दा रंगेहात एक पुरुष पक्राउ

मोटिभेटन्यूज संवाददाता
१०८ पटक

काठमाडौं – ७ वर्षकी बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौंबाट एक पुरुष पक्राउ परेका छन् ।

उनी दाङका हुन् । ४३ वर्षका दुर्गे विक बुधबार दिउँसो महादेवस्थानबाट पक्राउ परेका हुन् । उनले सोही स्थानमा बालिकामाथि जबरजस्ती गर्न लागेको स्थानीयले देखेका थिए ।

स्थानीयले नै उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । सामाजिक सन्जालमा उनलाई नियन्त्रणमा लिइएको भिडियो भाइरल भएको छ ।

यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

२०७७ असोज २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्