मोटिभेटन्यूज संवाददाताकाठमाडौं

भदौ ३, काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बस्नुभएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी थप विदामा बस्ने हुनुभएको छ ।
जोशीको विदा सकिएपछि सर्वोच्च अदालत जाने हल्ला चलेपनि उहाँ थप विदामा बस्ने हुनुभएको छ । न्युज २४ सँग टेलिफोन सम्बादमा जोशीले आफू भैपरी विदामा बस्ने जानकारी दिनुभयो । सर्वोच्च अदालतमा गए द्वन्द्व बढ्न सक्ने भएकाले उहाँले भैपरी विदाको बाटो अपनाउनुभएको हुन सक्ने जानकारहरु बताउँछन् ।
संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि साउन २० गतेदेखि उहाँ बिदामा हुनुहुन्छ । १५ दिनका लागि लिइएको आज सकिदैछ । भैपरी विदा थप गर्दै अझै सर्वोच्च नजाने जोशीको तयारी रहेको छ
२०७५ भदौ ३ गते प्रकाशित
