News Portal

विभिन्न मागसहित २० राजनीतिक संगठनद्वारा आन्दोलनको घोषणा

मोटिभेटन्यूज संवाददाता
६० पटक

काठमाडौं – विभिन्न २० राजनीतिक संगठनको कार्यगत एकता भएको छ । एकतासँगै ती संगठनहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएका गलत कार्यको विरोधमा आन्दोलनमा जाने निर्णय गरेका छन् ।

कार्यगत एकतापछि बसेको बैठकले एमसीसीको खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणलगायतको विरोधमा आश्विन २९ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तय भएको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले बताए । त्यसपछि पनि आन्दोलनलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ ।

मोर्चामा नेकपा मशाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जागरण मंच, जन समाजवादी पार्टी, नेकपा संयुक्त , राष्ट्रिय जागरण परिषद, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा९बोल्शेविक०, राष्ट्रवादी केन्द्र, नेपाल, एम् सी सी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिष्ट पार्टी माओवादी, माक्र्सवादी एकता अभियान, नेकपा माक्र्सवादी , नेकपा माक्र्सवादी पुष्पलाल र २१ ने क पा माओवादी रहेका छन् ।

 

२०७७ असोज २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्