मन्त्रीलाई कोरोना देखिएपछि तात्यो सरकार, पुनः लकडाउनको तयारी


मोटिभेट न्यूज सम्बाददाता
प्रकाशित मिति : आइतबार, असोज २५ २०७७
39.6K
SHARES

काठमाडौं – दिन प्रतिदिन कोरोना संक्रमित थपिदै गएपछि सरकारले पुनः लकडाउन वा निशेधाज्ञा गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी थप जटिल बन्दै गएपछि यसलाई नियन्त्रण गर्न सरकारले पुन निशेधाज्ञा वा लकडाउनको तयारी गरेको हो ।

कोरोना महामारी भयावह भइरहेका बेला नागरिकमा सचेतना बढ्नुको साटो लापरबाही बढेको भन्दै सरकारले लकडाउन वा निशेधाज्ञाको विकल्प नभएको बताएको छ । आइतबार मनत्रीपरिषद निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फेरि लकडाउन वा निषेधाज्ञा गर्नै शंकेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले काठमाडौंमा कोेरोना नियन्त्रण गर्नका लागि सकस भएको भन्दै थप लकडाउन वा निशेधाज्ञाको आवश्यकता महसुस भएको बताए ।

पछिल्लो समय केही मन्त्रीहरु र प्रधानमन्त्रीका सल्लाहकारलाई कोरोना पुष्टि भएपछि सरकार झस्किएको छ । संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्रालय योगेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु मध्ये प्रधानमन्त्रीका सल्लाहकारहरु कोरोना जितेर काममा फर्किसकेका छन ।