News Portal

काँग्रेसले प्रमाण मागेपछि बाबुरामको सातो गयो, प्रमाण दिन राखे सर्त

मोटिभेटन्यूज संवाददाता
२१८ पटक

काठमाडौं – जनता समाजबादी पार्टीका नेता एबम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र शेरबहादुर देउवालाई भ्रष्टाचारीको आरोप लगाएपछि राजनीतिक बजारमा नयाँ तरङ्ग पैदा भएको छ । भट्टराईले बुडिगण्डकी परियोजना निर्माणका लागि अर्कै कम्पनीलाई ठेक्का दिएर ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

उक्त आरोपको खण्डन गर्दै नेपाली काँग्रेसले प्रमाण माग गरेको छ । आइतबार काँग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति देउवालाई लगाएको ओरोप प्रमाणित गर्न चुनौति दिदै विज्ञप्ति निकालेका थिए । काँग्रेसले प्रमाण मागेपछि भट्टराईले एउटा सर्त राखेका छन ।

सोही विज्ञप्तिको प्रतिउत्तरमा पूर्व प्रधानमन्त्री भट्टराईले उक्त विषयको छानविनका लागि उच्चस्तरीय र निष्पक्ष छानवीन समिति बनाउन माग गरेका छन । ‘मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु’ भट्टराईले सामाजिक संजाल ट्वीटर लेखेका छन, ‘त्यसलाई सहयोग गर्न म प्रतिबद्ध छु।’

२०७७ असोज २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्