News Portal

समितिको निर्देशन मन्त्रीले मान्नुपर्छ : सांसद आले

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११९१ पटक
काठमाडौं

काठमाण्डौ । ठूला चाडबाड नजिकिएसँगै यस पटक चिनीको भाउ आकाशिएको छ । सरकारले भारतबाट आयात गरिने चिनीमा महँगो भन्सार दर र कोटा निर्धारण गरेकोले नै चिनीको मूल्य वृद्धि भएको हो ।

संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य बृद्धिमा चासो देखाउँदै विहीबार सरकारलाई ६३ रुपैयाँ भन्दा बढीमा कारोबार नगर्न निर्देशन दिएको भए पनि त्यसको भोलिपल्ट (शुक्रबार ) विभागीय मन्त्री मातृका यादवले पत्रकार सम्मेलन गरेरै समितिको निर्णय आफूले नमान्ने चुनौति दिए । सत्तापक्षकै सांसद लेखराज भट्टले चिनीको आयात रोक्का र कोटा प्रणालीमा दुई अर्ब रुपैयाँको चलखेल भएको अभिव्यक्ति लेखा समितिको बैठकमै दिएका थिए ।

बैठकमा मन्त्री र सचिवले चिनीको आयात निर्याको डाटा हेरेर सांसदहरुको प्रश्नको जवाफ दिन थालेपछि सांसदहरु पनि कडा रुपमा प्रस्तुत भएका थिए । नेकपाका सांसद प्रेमबहादुर आलेले उद्योग सचिवलाई भने, ‘तपाई ल्यापटप बन्द गर्नुस्, हामीलाई तपाईको हिसाब किताब चाहिँदैन’, ‘चिनीको मूल्य ६३ भन्दा एक रुपैयाँ पनि बढी हुनुहुन्न। समितिको निर्णय कार्यान्वयन गर्नुस्।’

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्