News Portal

हवात्तै बढे कोरोना संक्रमित, कति थपिए आज ?

मोटिभेटन्यूज संवाददाता
८५ पटक

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।

२०७७ असोज २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्