News Portal

यस्तो छ आजको राशिफल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९६९ पटक
काठमाडौं

 

असोज २१, काठमाडौं – पञ्चाङ् वि.सं. २०७५ साल असोज २१ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, १२:४६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– पूर्वफाल्गुनी, १५:१० बजेउप्रान्त उत्तरफाल्गुनी। योग– शुक्ल, २१:३० बजेउप्रान्त ब्रह्म। करण– वणिज, १२:४६ बजेदेखि भद्रा, २३:४६ बजेउप्रान्त शकुनि। आनन्दादिमा छत्र योग। चन्द्रराशि– सिंह, २०:५१ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:०० बजे, सूर्यास्त– १७:४२ बजे र दिनमान २९ घडी १५ पला। सर्वार्थसिद्धि योग २३:४६ बजे प्रारम्भ। शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध। नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान।

मेष– परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ।

वृष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।

मिथुन– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ

कर्कट– व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह– अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ।

कन्या– सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।

तुला– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला ।

वृश्चिक– कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ।

धनु– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

मकर– अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ।

कुम्भ– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला।

मीन– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ।

21 गते बिशेष काम गर्ने राम्रो समय बिहान 09:01 देखि 10:01 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /
21 गते राहु काल बेलुका 4:12 देखि 05:39 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

21 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

21 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

21 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
काठमाडाैं

२०७५ असोज २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्