News Portal

बैंकिङ कसूरमा ३४ लाख जरिवाना भई फरार प्रतिवादी पक्राउ

मोटिभेटन्यूज संवाददाता
५७ पटक

 

काठमाडौं – बैंकिङ कसूरमा फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं महानगरपालिका(३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ।

उनीविरूद्ध दिपा थपलियाले जाहेरी दिएकी थिइन्।

उच्च अदालत पाटनले उनलाई जेठ ३० गते १५ दिन कैद र ३४ लाख जरिवाना हुने ठहर गरेको थियो। सजाय बेरूजू गरी फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो।

पैसला कार्यान्वयनको लागि सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

२०७७ असोज २६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्